·
सानिमा माई हाइड्रोपावरले लाभांश वितरण नगर्ने निर्णय, चैत २९ मा साधारण सभा
Author
NEPSE TRADING

सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो। कम्पनीले आगामी चैत २९ गते वार्षिक साधारण सभा बोलाएको जनाएको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार चैत ११ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्र उक्त साधारण सभामा सहभागी हुन सक्नेछन्।



