एलन मस्कविरुद्ध अमेरिकी नियामकको मुद्दा, सेयर खरिदमा नियम उल्लङ्घनको आरोप
Author
NEPSE trading

अमेरिकी नियामक संस्था सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले एलन मस्कविरुद्ध सेयर खरिदका नियम उल्लङ्घनको आरोपमा मुद्दा दायर गरेको छ।
एसईसीले मस्कले ट्विटरको ५ प्रतिशतभन्दा बढी स्वामित्व पाइसकेपछि पनि १० दिनभित्र जानकारी दिनुपर्ने नियम तोडेका आरोप लगाएको छ। उनले समयसीमाभन्दा २१ दिनपछि मात्र सेयर खरिदको घोषणा गरेका थिए।
नियामकले मस्कले अन्य लगानीकर्तालाई ठूलो आर्थिक क्षति पुर्याएको र कम मूल्यमा सेयर खरिद गर्न पाएको बताएको छ। एसईसीका अनुसार, मस्कले यो घटनाबाट १५ करोड अमेरिकी डलर (झन्डै १९ अर्ब नेपाली रुपैयाँ) बचत गरेका थिए।
२०२२ अप्रिल ४ मा मस्कले ट्विटरको स्वामित्व सार्वजनिक गरेपछि सेयर मूल्य २७ प्रतिशतले बढेको थियो। सोही वर्ष अक्टोबरमा मस्कले ट्विटर खरिद गरी यसको नाम 'एक्स' राखेका थिए।
एसईसीले मस्कलाई अनुचित लाभ फिर्ता गर्न र जरिवाना तिर्न आदेश दिन अदालतसँग आग्रह गरेको छ।
यता, मस्कले सामाजिक सञ्जालमा एसईसीलाई "विग्रेको संस्था" को संज्ञा दिएका छन्। उनका वकिलले यो मुद्दालाई "झुठा र दुर्व्यवहारयुक्त" भनेका छन्।
यसअघि २०१८ मा पनि एसईसीले मस्कविरुद्ध मुद्दा दायर गरेको थियो, जसका कारण उनले टेस्लाको अध्यक्ष पद छोड्नुपरेको थियो।