·

सोलु हाईड्रोपावर लिमिटेडले आईपीओ जारी, सर्वसाधारणका लागि आवेदन खुला

Author

NEPSE TRADING

सोलु हाईड्रोपावर लिमिटेडले आईपीओ जारी, सर्वसाधारणका लागि आवेदन खुला

सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको छ। कम्पनीले दोस्रो चरणअन्तर्गत कुल ८२ लाख कित्ता साधारण शेयर जारी गरेको हो।

कुल जारी शेयरमध्ये ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ। बाँकी रहेका शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत गर्न सकिनेछ, साथै ‘मेरो शेयर’ प्रणालीबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

सर्वसाधारण लगानीकर्ताले यस अवसरको फाइदा उठाउँदै आईपीओमा आवेदन दिनेछन्।

Related News