·
शेयर बजारका वादशाह प्रधानलाई मातृ शोक
Author
NEPSE trading
नेपाली शेयर बजारका लगानीकर्ता र वादशाहका रुपमा चिनिने निर्मल प्रधानलाई मातृ शोक परेको छ। उनकी आमा राधादेवी प्रधानको ९७ वर्षको उमेरमा आइतवार आफ्नै निवास, झम्सीखेल, ललितपुरमा निधन भएको हो।
राधादेवी प्रधान आफ्नो सरल स्वभाव र परिवारप्रतिको अगाध माया–ममताका लागि परिचित थिइन्। उनको निधनले परिवारमा शोक छाएको छ।
निधनपछि आइतवार नै राधादेवी प्रधानको अन्त्येष्टि गरिएको थियो। परिवारमा उनका चार छोरा र तीन छोरी छन्। निर्मल प्रधान राधादेवी प्रधानका माहिला छोरा हुन्।
प्रधान परिवारप्रति हार्दिक समवेदना।