साना तथा मझौला संगठित संस्थाका लागि एसएमई प्लेटफर्म लागु
Author
nepse trading

आज (माघ ३) देखि "साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१" लागू भएको छ, जसले साना कम्पनीहरुलाई धितोपत्र बजारमा प्रवेश गर्ने अवसर प्रदान गरेको छ। यस नयाँ नियमावलीले चुक्तापुँजी २५ करोड रुपैयाँ भएका कम्पनीहरुलाई आईपीओ निष्कासन गर्ने बाटो खोल्दछ।
साना र मझौला कम्पनीहरूले ३०% देखि ४९% सम्मको आईपीओ निष्कासन गर्नुपर्ने व्यवस्था राखिएको छ। यस्ता कम्पनीहरूले ५०० कित्ताको आवेदन र न्यूनतम ५० रुपैयाँ अंकित मूल्य तोक्नुपर्नेछ। आईपीओ प्रिमियममा निष्कासन गर्नका लागि कम्पनीको मुनाफा र क्रेडिट रेटिङको आधारमा निर्णय हुनेछ।
पाँच प्रतिशत मर्चेन्ट बैंकर र १५ प्रतिशत योग्य संस्थागत लगानीकर्ताले आईपीओ खरिद गर्नुपर्नेछ, र तीन वर्षसम्म बिक्री गर्न नसकिने व्यवस्था गरिएको छ। यसबाट साना कम्पनीहरूलाई विकासको नयाँ दिशा मिल्नेछ।