सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
Author
NEPSE TRADING

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज (असार ३) अन्तिम दिन हो। कम्पनीले वैशाख ३० गतेदेखि हकप्रद शेयर निष्कासन गरेको थियो।
पहिले जेठ १९ गतेसम्म आवेदन दिन सकिने समयसीमा तोकिएको भए पनि सो अवधिभित्र पर्याप्त आवेदन नपरेपछि असार ३ गतेसम्म म्याद थप गरिएको हो।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १:०.२७ अनुपातमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर जारी गरेको हो।
यस हकप्रद निष्कासनका लागि कम्पनीले वैशाख ५ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। त्यसैले वैशाख ४ गतेसम्म शेयरधनी सूचीकृत भएका व्यक्तिहरू मात्र यसमा आवेदन दिन योग्य छन्।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।