भारत सरकारको सहयोगमा दुई नयाँ पेट्रोलियम पाइपलाइन निर्माण
Author
NEPSE trading
भारत सरकारको अनुदान सहयोगमा नेपालमा दुई नयाँ पेट्रोलियम पाइपलाइन निर्माण हुने पक्का भएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमारबीच पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता विस्तार सम्बन्धी सम्झौता भएको हो।
सम्झौता: भारतको सिलिगुडीदेखि नेपालको झापा (चारआली) सम्म ५० किलोमिटर लामो पाइपलाइन र १८ हजार ९ सय किलोमिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल निर्माण हुनेछ।
चितवन परियोजना: नेपालमा दोस्रो पाइपलाइन अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लम्बाइको हुनेछ। यसैगरी, लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल पनि निर्माण हुनेछ।
अनुदान र लागत: यी परियोजनाहरूको कुल लागत १५ अर्ब रुपैयाँ हुनेछ, जसमा भारत सरकारको अनुदान सहयोग हुनेछ।
पहिलो अन्तरदेशीय पाइपलाइन मोतिहारी-अमलेखगञ्ज २०७६ मा सञ्चालनमा आएको थियो, जसले नेपाल र भारतबीच पेट्रोलियम आपूर्तिलाई सुदृढ बनाएको थियो।