·
असार ७ गते प्रतिनिधि सभाबाट बजेट पारित गर्ने तयारी
Author
NEPSE trading

सरकारले आगामी आर्थिक वर्षको बजेट असार ७ गते प्रतिनिधि सभाबाट पारित गर्ने तयारी गरेको छ। संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरअनुसार सो दिन प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ।
अर्थमन्त्रीले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।
हाल संसदमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल आजदेखि सुरु हुँदैछ।