·

सेबोन कर्मचारी युनियनको आन्दोलन पुनः सुरु, दैनिक धर्ना र पेन डाउन कार्यक्रम गर्ने निर्णय

Author

NEPSE TRADING

सेबोन कर्मचारी युनियनको आन्दोलन पुनः सुरु, दैनिक धर्ना र पेन डाउन कार्यक्रम गर्ने निर्णय
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारी युनियनले आफ्ना मागहरू पूरा नभएको भन्दै आन्दोलनलाई पुनः निरन्तरता दिने निर्णय गरेको छ। युनियनले आज एक विज्ञप्ति जारी गर्दै बोर्ड व्यवस्थापनले कर्मचारीका मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै आगामी दिनमा आन्दोलनका कार्यक्रम अघि बढाउने जनाएको हो।युनियनका अनुसार प्रतिनिधि सभाको चुनावका कारण केही समयका लागि स्थगित गरिएको दैनिक धर्ना तथा पेन डाउन कार्यक्रम अब पुनः सुरु गरिनेछ। कार्यसमितिको निर्णयअनुसार फागुन २८ गतेदेखि प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना तथा पेन डाउन कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।पेन डाउन कार्यक्रममा कर्मचारीहरू कार्यालयमा उपस्थित भए पनि कामकाज भने ठप्प हुने गर्दछ। यसले बोर्डका नियमित प्रशासनिक तथा अन्य कामकाजमा प्रभाव पर्न सक्ने देखिएको छ।युनियनले बोर्ड व्यवस्थापनसँग तत्काल वार्ता गरी कर्मचारीका माग सम्बोधन गर्न आग्रह गरेको छ। साथै, मागहरू पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिइने चेतावनी पनि दिएको छ। कर्मचारी आन्दोलनका कारण पूँजीबजारसँग सम्बन्धित केही प्रशासनिक प्रक्रिया प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

Related News