
1 min read
आईएमएफका एसिया–प्रशान्त निर्देशक डा. कृष्ण श्रीनिवासन र गभर्नर डा. विश्वनाथ पौडेलबीच आर्थिक विषयमा विस्तृत छलफल
आईएमएफका एसिया–प्रशान्त निर्देशक डा. कृष्ण श्रीनिवासन र गभर्नर डा. विश्वनाथ पौडेलबीच आर्थिक विषयमा विस्तृत छलफल काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) का एसिया तथा प्रशान्त विभागका निर्देशक डा. कृष्ण श्रीनिवासनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन्। सोमबार बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा भएको भेटवार्तामा नेपाल–आईएमएफ सहकार्य तथा नेपालको आर्थिक अवस्थासम्बन्धी विभिन्न महत्वपूर्ण विषयमा चर्चा गरिएको थियो। राष्ट्र बैंकका अनुसार भेटका क्रममा दुवै पक्षबीच नेपालको वर्तमान आर्थिक अवस्था, मौद्रिक नीति, राजस्व संकलन, विदेशी मुद्रा सञ्चिति, बैंकिङ क्षेत्रको सुधार, जलवायु जोखिम तथा आईएमएफबाट प्राप्त प्राविधिक सहयोग लगायतका मुद्दामा विस्तृत विचार–विमर्श गरिएको थियो।
NEPSE TRADING
·18 Nov, 2025


















