·
अप्पर हेवाखोला हाइड्रोपावरको लाभांश प्रस्ताव
Author
NEPSE TRADING

अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड (UHEWA) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो। नेपाल विद्युत प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ।



