विन नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने
Author
NEPSE TRADING

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (WNLB) ले चालु आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको छ। फागुन १७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक अवस्था तथा संस्थाको वित्तीय सुदृढीकरणलाई मध्यनजर गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले लाभांश प्रस्ताव नगरी तयार पारिएको सोही बमोजिमको वित्तीय विवरण वार्षिक साधारण सभा प्रयोजनका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाउने निर्णय समेत गरेको जनाएको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि उक्त वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गरिनेछ।




