·
नेपाली बजारमा सुन ७,८०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
Author
NEPSETRADING

शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य उल्लेखनीय रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ७ हजार ८०० रुपैयाँले घटेर २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ कायम थियो, जसअनुसार पछिल्ला तीन दिनदेखि सुनको मूल्य निरन्तर घट्दो क्रममा देखिएको छ। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ भने बिहीबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा खरिदबिक्री भएको थियो।



