बन्दीपुर केबलकारको आईपीओ श्रावण ६ गतेदेखि स्थानीय र वैदेशिक नेपालीका लागि खुला
Author
NEPSE TRADING

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले तनहुँ र गोरखा जिल्लाका आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि श्रावण ६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। यस अन्तर्गत आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ६६ हजार कित्ता र वैदेशिक रोजगारिमा रहेका नेपालीका लागि ५ लाख २९ हजार ४०० कित्ता शेयर निष्कासन गरिनेछ। स्थानीयका लागि यो आवेदन श्रावण २० गतेसम्म खुला रहनेछ भने आवश्यकता परे भदौ ४ गतेसम्म विस्तार हुन सक्छ। विदेशमा रहेका नेपालीका लागि भने श्रावण ९ गतेसम्म खुला हुनेछ र आवश्यकता अनुसार भदौ २० सम्म विस्तार हुन सक्छ।
कम्पनीको कुल जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँ रहेको छ, जसको २०.७०६७% अर्थात् ५८ लाख ६० हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरिनेछ। त्यसमा २% अर्थात् ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित स्थानीयवासीका लागि छुट्याइएको छ भने बाँकी १८.७०६७% अर्थात् ५२ लाख ९४ हजार कित्ता शेयर पछि सर्वसाधारणका लागि खुला गरिनेछ। उक्त सर्वसाधारण निष्कासनको १०% हिस्सा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो।