·

सन नेपाल लाइफको लिलामी शेयर खरिद गर्न आज अन्तिम दिन

Author

NEPSE TRADING

सन नेपाल लाइफको लिलामी शेयर खरिद गर्न आज अन्तिम दिन

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २३ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको बाँकी हकप्रद शेयर खरिद गर्न आज (असार ३० गते) अन्तिम दिन रहेको छ।

यसअघि कम्पनीले वैशाख ३० देखि असार ३ गतेसम्म १ः०.२७ को अनुपातमा १० करोड ६९ लाख ६३२० कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँको दरमा निष्कासन गरेको थियो। वैशाख ४ गतेसम्म शेयर कायम रहेका शेयरधनीहरुले मात्र आवेदन दिन पाएका थिए। उक्त हकप्रद शेयरको बाँडफाँट असार १२ गते सम्पन्न भइसकेको छ।

बाँडफाँटमा नरपरेको २ लाख २४ हजार ७२८ कित्ता शेयरलाई कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो। जसमा संस्थापक समूहका ८० हजार २२२ कित्ता (लकइनमा रहेका) र सर्वसाधारण समूहतर्फ १ लाख ४४ हजार ५०६ कित्ता रहेका छन्, जसमा ४ हजार ४९ कित्ता शेयर पनि लकइनमा पर्ने छन्।

लिलामीमा सहभागी हुन चाहने लगानीकर्ताले आजभित्र अनिवार्य रूपमा आवेदन दिनुपर्नेछ ।

Related News