·

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, प्रतितोला रू एक लाख ७४ हजार ५०० पुग्यो

Author

Nepse trading

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, प्रतितोला रू एक लाख ७४ हजार ५०० पुग्यो

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले बढेर रू एक लाख ७४ हजार ५०० कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला रू दुई हजार ५० पुगेको छ। बिहीबार सुन प्रतितोला रू एक लाख ७० हजार ५०० मा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले मूल्यवृद्धि बाह्य कारणले भएको बताए। अमेरिकी डलरको मूल्यवृद्धि र अन्तरराष्ट्रिय राजनीतिक घटनाक्रमका कारण अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार ९८२ डलर हाराहारीमा पुगेको छ, जसको प्रभाव स्थानीय बजारमा देखिएको हो ।

Related News