·

इम्पेरियल सेक्युरिटिज ब्रोकर नं. ४५ को पोखरामा पाँचौं शाखा उद्घाटन, नयाँ सेवा सुरु

Author

NEPSE TRADING

इम्पेरियल सेक्युरिटिज ब्रोकर नं. ४५ को पोखरामा पाँचौं शाखा उद्घाटन, नयाँ सेवा सुरु
पोखरा। इम्पेरियल सेक्युरिटिज ब्रोकर नं. ४५ ले पोखरामा आफ्नो पाँचौं शाखा विस्तार गर्दै नयाँ सेवाहरूको सुरुवात गरेको छ। ग्लोबल मनी विकको अवसर पारेर आइतबार शाखाको औपचारिक उद्घाटन गरिएको हो।शाखाको उद्घाटन अग्रज लगानीकर्ता अम्बिका प्रसाद पौडेल तथा नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका प्रमुख केशव प्रसाद तिमल्सिनाले संयुक्त रूपमा रिबन काटेर गरेका थिए।उद्घाटनपछि बोल्दै अग्रज लगानीकर्ता पौडेलले ब्रोकरहरूको विस्तारसँगै पुँजी बजारको दायरा तीव्र गतिमा विस्तार हुँदै गएको धारणा व्यक्त गरे। उनले यस्ता शाखा विस्तारले लगानीकर्ताको पहुँच बढाउँदै बजारलाई थप सुदृढ बनाउने बताए।त्यसैगरी, नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका प्रमुख तिमल्सिनाले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै आर्थिक क्रान्ति सम्भव हुने उल्लेख गर्दै वित्तीय क्षेत्रको विकासमा संयुक्त प्रयास आवश्यक रहेको बताए।नेप्से ट्रेडिङ डट कमका कार्यकारी अध्यक्ष सन्दीप कुमार चौधरीले शाखा विस्तारसँगै सूचना प्रविधि (IT) क्षेत्रको विकासमा पनि ध्यान दिनुपर्ने सुझाव दिए। उनले आधुनिक प्रविधिको प्रयोगमार्फत लगानीकर्तालाई थप सहज र प्रभावकारी सेवा दिन सकिने उल्लेख गरे।इम्पेरियल सेक्युरिटिजका कार्यकारी अध्यक्ष भत्तीराम घिमिरेले बजार विस्तारको रणनीतिअनुसार पोखरामा पाँचौं शाखा स्थापना गरिएको जानकारी दिँदै सम्पूर्ण लगानीकर्ताबाट सकारात्मक साथ र सहयोग प्राप्त हुनेमा आफू आशावादी रहेको बताए।यसअघि, शाखा उद्घाटनको अघिल्लो दिन इम्पेरियल सेक्युरिटिजले करिब ४ सय लगानीकर्तालाई लक्षित गर्दै एक दिने निःशुल्क आधारभूत तथा प्राविधिक विश्लेषणसम्बन्धी तालिम कार्यक्रम पनि आयोजना गरेको थियो।

Related News