·

हिमालयन लाइफ इन्स्योरेन्सको बुकक्लोज भोली

Author

Nepse trading

हिमालयन लाइफ इन्स्योरेन्सको बुकक्लोज भोली

हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो १७औँ वार्षिक साधारण सभा तथा लाभांश वितरणका लागि भोली (शुक्रबार) बुकक्लोज गर्ने भएको छ। आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले फागुन ११ गते, आइतबार, बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान १०:३० बजे साधारण सभा आयोजना गर्नेछ। सभामा वार्षिक प्रतिवेदन, आर्थिक विवरण, लाभांश अनुमोदन तथा भावी योजनाबारे छलफल हुनेछ। सेयर बजार विश्लेषकहरूका अनुसार, इन्स्योरेन्स कम्पनीका सेयरहरू भविष्यमा आकर्षक प्रतिफल दिन सक्ने सम्भावना उच्च छ।

Related News