·
अर्थमन्त्रीसँग ब्रोकरको भेट, बजार सुधारका लागि सकारात्मक संकेत
Author
NEPSE TRADING

काठमाडौं — पूँजी बजारमा देखिएको निरन्तर गिरावट र त्यसबाट उत्पन्न चुनौतीका विषयमा छलफल गर्न स्टक ब्रोकर एसोसिएसन अफ नेपाल का प्रतिनिधिहरूले अर्थमन्त्री स्वर्णिम वाग्ले सँग भेट गरेका छन्। भेटमा ब्रोकरहरूले बजारमा देखिएका नीतिगत तथा संरचनात्मक समस्याहरू समाधान गरिदिन आग्रह गरेका छन्।भेटका क्रममा एसब्यानले पूँजी बजारलाई स्थायित्व दिन आवश्यक सुधारहरू तत्काल अघि बढाउनुपर्ने धारणा राखेको थियो। पछिल्लो समय लगातार घटिरहेको बजारका कारण लगानीकर्तामा निराशा बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताइएको छ।अर्थमन्त्री वाग्लेले भने पूँजी बजारका विषयमा आफू सकारात्मक रहेको संकेत दिएका छन्। उनले बजार सुधारका लागि आवश्यक नीतिगत पहल गर्न सरकार तयार रहेको जनाउँदै सम्बद्ध निकायसँग समन्वय गरी आवश्यक निर्णय अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।बजारका सरोकारवालाहरूले यस भेटलाई सकारात्मक रूपमा लिएका छन्। लामो समयदेखि दबाबमा रहेको बजारलाई अब केही राहत मिल्ने अपेक्षा गरिएको छ। साथै, सरकारको चासो बढेसँगै लगानीकर्ताको मनोबल पनि विस्तारै सुध्रने विश्वास गरिएको छ।



