·
नेपाली बजारमा सुन–चाँदीको मूल्यमा उल्लेख्य गिरावट
Author
NEPSETRADING

चैत २३ गते सोमबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ हजार ६०० रुपैयाँले घटेर २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन आइतबार २ लाख ९४ हजार रुपैयाँ थियो। त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ७८० रुपैयाँमा झरेको छ, जुन आइतबार ४ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो। बजारमा दुबै धातुको मूल्य घटेसँगै कारोबारमा पनि सामान्य प्रभाव परेको बताइएको छ ।



