कुमारी बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ बाट सम्मानित
Author
NEPSE trading
कुमारी बैंक लिमिटेडले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा उल्लेखनीय सफलता हासिल गरेको छ। बैंकले ग्राहकहरुलाई फिनाकल १०.२५ कोर बैंकिङ सफ्टवेर मार्फत सरल र सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
इन्फोसिसद्वारा आयोजित उक्त अवार्ड वितरण समारोहमा १० विधाका २०० मनोनयनहरू मध्ये, कुमारी बैंक कोर बैंकिङ ट्रान्सफरमेसन विधातर्फ उत्कृष्ट रहेकोले प्रोसेस इनोभेसन श्रेणीमा स्वर्ण विजेता घोषित भएको हो।
इन्फोसिसको फिनाकल कोर बैंकिङ सफ्टवेरले बैंकिङ्ग क्षेत्रमा सरलता, उत्कृष्टता र विश्वसनीयता कायम गर्न सफल भएको छ। कुमारी बैंकले प्राप्त गरेको यो उपाधिले भविष्यमा नवीन प्रविधिमार्फत बैंकिङ्ग क्षेत्रलाई अझ सहज र सुरक्षित बनाई सूचना प्रविधिमा नयाँ आयाम थप्न प्रतिबद्ध रहेको छ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ इकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ। बैंकले आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निम्ति सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।