·

नेपाल माइक्रो इन्स्योरेन्सको शेयर बाँडफाँड सम्पन्न

Author

Nepse trading

नेपाल माइक्रो इन्स्योरेन्सको शेयर बाँडफाँड सम्पन्न

नेपाल माइक्रो इन्स्योरेन्सको शेयर बाँडफाँड सम्पन्न

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले विदेशमा कार्यरत नेपालीहरूका लागि जारी गरेको २,२५,००० कित्ता साधारण शेयर माघ २९ गते बाँडफाँड गरेको छ। कम्पनीले आफ्नो २२,५०,००० कित्ता साधारण शेयरमध्ये १०% भाग श्रम स्वीकृति प्राप्त नेपालीहरूका लागि निष्काशन गरेको थियो। माघ ८ देखि २२ गतेसम्म खुला गरिएको शेयरमा ४५,९०६ आवेदन परेका थिए। नियमन अनुसार २२,५०० आवेदकलाई मात्रै शेयर वितरण गरिएको हो। बाँडफाँड प्रक्रिया एनआइएमबि एस क्यापिटल लिमिटेडको परिसरमा सम्पन्न भएको कम्पनीले जनाएको छ।

Related News