राष्ट्र बैंकले ६ अर्ब ३४ करोड रुपैयाँ बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने
Author
NEPSE TRADING

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन तथा लगानी व्यवस्थापनको उद्देश्यले विभिन्न कोषमा संचित रकम बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले कुल ६ अर्ब ३४ करोड १७ लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्न लागेको हो। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई फागुन १७ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरेको छ।
कुल लगानी रकममध्ये ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँ वाणिज्य बैंकहरूमा, ९५ करोड १२ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकहरूमा र ३१ करोड ७० लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा मुद्दती निक्षेपका रूपमा राखिनेछ। राष्ट्र बैंकका अनुसार यो लगानी २०२६ मार्च १३ देखि २०२७ फेब्रुअरी १३ सम्म अर्थात ३६६ दिनका लागि हुनेछ। यस कदमले बैंकिङ प्रणालीमा ब्याजदर व्यवस्थापन र तरलता सन्तुलनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।



