प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेन्टको हकप्रद सेयर लिलाम बिक्री आजदेखि बन्द हुँदै
Author
NEPSE TRADING

काठमाडौं । प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले जारी गरेको अवितरित हकप्रद सेयरको लिलाम बिक्री आज माघ २० गते बैंकिङ समयपछि बन्द हुने भएको छ।
कम्पनीले २०८२ कात्तिक ०९ गतेदेखि २०८२ मंसिर १५ गतेसम्म १ः१.३४ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो। उक्त अवधिमा अवितरित भई जगेडामा रहेको ४ लाख ३७ हजार ५०० कित्ता हकप्रद सेयर माघ ०६ गतेदेखि न्यूनतम मूल्य प्रतिकित्ता 75 रुपैयाँमा लिलाम बिक्री खुला गरिएको थियो।
कम्पनीको सूचनाअनुसार उक्त लिलाम बिक्री आज माघ २० गतेको बैंकिङ समयपछि स्वतः बन्द हुने भएकाले सहभागी हुन इच्छुक लगानीकर्तालाई समयमै आवेदन दिन आग्रह गरिएको छ।
कम्पनीको केन्द्रीय कार्यालय तिनकुने, काठमाडौंमा रहेको छ भने थप जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट तथा सम्पर्क नम्बरमार्फत जानकारी लिन सकिने जनाएको छ।



