
<1 min read
अप्पर हेवाखोला हाइड्रोपावरको लाभांश प्रस्ताव
अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड (UHEWA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल विद्युत प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ।
NEPSE TRADING
·23 Dec, 2025


















