
1 min read
नेपालमा ८ महिनामा ६,४०० विद्युतीय गाडी भित्रिए, सबैभन्दा धेरै आयात चीनबाट
चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ८ महिनामा नेपाल मा ६ हजार ४०० वटा विद्युतीय गाडी (ईभी) भित्रिएका छन् । भन्सार विभागका अनुसार यस अवधिमा १४ अर्ब ९६ करोड रुपैयाँ बराबरको ईभी आयात हुँदा ९ अर्ब ११ करोड रुपैयाँ राजस्व उठेको छ । सबैभन्दा धेरै ईभी चीन बाट (६९ प्रतिशत) भित्रिएका छन् भने भारत दोस्रो स्थानमा रहेको छ (२३ प्रतिशत) । अन्य केही ईभी थाइल्याण्ड, संयुक्त राज्य अमेरिका, जर्मनी, दक्षिण कोरिया लगायतका देशबाट पनि आयात भएका छन् ।
NEPSETRADING
·23 Mar, 2026


















