
1 min read
शेयर कारोबारी दिपेन्द्र अग्रवाल हिरासतभित्र आमरण अनशनमा, स्वास्थ्य अवस्था बिग्रँदै
शेयर कारोबारी दिपेन्द्र अग्रवाल हिरासतभित्र आमरण अनशनमा, स्वास्थ्य अवस्था बिग्रँदै शेयर कारोबारमा तल–माथि गरेको आरोपमा प्रहरी हिरासतमा रहेका शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल ले हिरासतभित्रै आमरण अनशन सुरु गरेका छन्। उनी आफूलाई अन्याय गरिएको दाबी गर्दै पछिल्ला चार दिनदेखि आमरण अनशनमा बसेका हुन्। चार दिनपछि मात्र उनलाई परिवारसँग भेट्न दिइएको बताइएको छ। पारिवारिक स्रोतका अनुसार अनशनका कारण अग्रवालको स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गएको छ। स्रोतका अनुसार उनले नेपाल धितोपत्र बोर्डका अध्यक्षले नियतवश आफूविरुद्ध दुश्मनी साधेको र न्याय माग्दा नै हिरासतमा बस्नुपरेको बताएका छन्।
NEPSE TRADING
·22 Dec, 2025


















