
1 min read
सानिगाड हाइड्रो लिमिटेड को आईपीओ आजदेखि खुला, स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता
सानिगाड हाइड्रो लिमिटेड ले आज (चैत ८ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये २८ लाख ५० हजार कित्ता स्थानीय बासिन्दाका लागि र ५ लाख ७० हजार कित्ता विदेशमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीलाई इक्रा नेपाल ले डबल बी माइनस रेटिङ्ग दिएको छ भने आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
NEPSETRADING
·22 Mar, 2026


















