
2 min read
चुनावी माहोलको असर: नेप्से ४२ अंकले उकालो, कारोबार रकम ११ अर्ब नाघ्यो
मंगलबार साताको दोस्रो कारोबार दिन सेयर बजार उकालो लाग्दै नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ विन्दुमा पुगेको छ। चुनावी माहोल तीव्र बन्दै जाँदा लगानीकर्ताको मनोबल बढेको र बजारमा उत्साह देखिएको हो। यस दिन कारोबार रकम पनि उल्लेख्य रूपमा बढेर करिब ११ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। गोर्खाज फाइनान्स सकारात्मक सर्किटमा कारोबार हुँदा अधिकांश जलविद्युत र वित्तीय कम्पनीका सेयरमा राम्रो वृद्धि देखिएको छ। १३ वटै उपसमूहका परिसूचक हरियालीमा रहेकामा होटल तथा पर्यटन उपसमूह सर्वाधिक बढेको छ।
NEPSE TRADING
·20 Jan, 2026













